काठमाडौं– अब सरकारी कर्मचारीले आधा घन्टा मात्रै खाजा समय पाउने भएका छन् । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीलाई कार्यालय समयमा आधा घन्टामात्रै खाजा समय तोकेको हो ।

खाजा खाने निहुँमा घन्टौं सेवाग्राहीलाई पर्खाउने बानी परेका कर्मचारीले खाजा समय घटाउने निर्णय हुँदैमा प्रभावकारी सेवा दिने अपेक्षा भने गर्न सकिँदैन ।

सार्वजनिक बिदा र सार्वजनिक बिदाका दिन पनि केही कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीको खाजा समयसम्बन्धी व्यवस्था समेत थपिएको हो ।

गत सोमबार मन्त्रिपरिषद्बाट निर्णय भएको प्रस्तावमा ‘खाजा समय– दिउँसो १ः३० देखि २ बजेसम्म’ हुने भनिएको छ ।
यसअघि सरकारी कार्यालयमा खाजा खाने समयमा एकरुपता थिएन । खाजा खाने निहुँमा झुलाउने प्रवृत्ति कर्मचारीमा रहेको गुनासो सेवाग्राहीले गर्ने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय