काठमाडौं– खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको छ । मर्जर हुने यी दुवै संस्थामध्ये खप्तड लघुवित्तको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश हो भने धौलागिरि लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो ।

दुई संस्थाबीचको मर्जरसम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको दुवै संस्थाको संयुक्त विज्ञप्तिमा उल्लेख छ । अन्तिम सम्झौतापत्रमा खप्तडका सञ्चालक समिति अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरिका अध्यक्ष ईश्वरलाल राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहमा धौलागिरीका तर्फबाट सञ्चालक एवं संयुक्त मर्जर समितिका संयोजक हरिप्रसाद शर्मा, सिर्जना थापा, डा. सुदर्शन सिलवाल, प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहोरा र खप्तड लघुवित्तको तर्फबाट सञ्चालकहरु रणदेवकृष्ण श्रेष्ठ, चन्द्रबहादुर चन्द, डबलबहादुर शाह तथा प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बमको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

धौलागिरिले साउन २४ देखि २९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि भदौ १२ गते १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय