काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २६.४७ अंकले घटेर १९६९.०२ मा सीमित भएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अंकले घटेर ३७३.५६ मा पुगेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । कुल कारोबार भएका कम्पनीमध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको मूल्य भने घटेको छ । तीनवटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

विभिन्न कम्पनीका कुल ३६ लाख ५७ हजार १५४ कित्ता सेयर २ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब ४४ अर्ब ९२ करोड ४४ लाख २६ हजार ४४७ बराबर छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ८ करोड १२ लाख ८६ हजार ८५४ बराबरको सेयर कारोबार भयो ।

यस्तै शिवम् सिमेन्ट ६ करोड ३ लाख ५ हजार २६३, एनआइसी एसिया बैंक ४ करोड ३७ लाख २९ हजार ६४९, नबिल बैंक ३ करोड ८५ लाख ६१ हजार ४९४, नेपाल पुनर्बीमा कम्पनी २ करोड ५१ लाख ६९ हजार ३०० बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ४.२९, युनिक नेपाल लघुवित्त ४.०२, बोटलर्स नेपाल तराई ३.९१, लक्ष्मी उन्नति कोष ३.७८, सामलिङ पावर कम्पनीको सेयर मूल्य ३.६४ प्रतिशतले बढेको छ ।

ग्लोबल आइएमई लघुवित्त सात, स्वाभिमान लघुवित्त पाँच दशमलव ८०, नाडेप लघुवित्त ५.७४, सिटिजन म्युचुअल फन्ड ५.६३ र सनराइज ब्ल्युचिप फन्डको मूल्य ५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय