काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ३०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख दुई हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख २ हजार ८०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय ७५ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय