काठमाडौं– फागु पूर्णिमा पर्वलाई मध्यनजर गरी आज काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ ।

आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लंघन गरी सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो ।

काठमाडौंका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ । यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ ।

फागु पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लंघन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।

उनले इच्छाविपरीत कसैलाई रङ दल्ने, लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्ने, लागुपदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लंघन गरी लापरबाहीका साथ सवारी हाँक्नेलाई कारबाही गरिने बताए ।

होली पर्वलाई मर्यादित र सुरक्षित बनाउनका लागि उपत्यका ट्राफिक प्रहरीले थप सक्रियता जनाएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय