
काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ३०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ८०० सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख २ हजार ५०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर १ हजार २ सय ६५ मा आएको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा नेपाली बजारमा सुनको मूल्य तोक्ने गर्छ ।