
काठमाडौं– अनावश्यक खर्चहरुलाई घटाई विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । यसै क्रममा ललितपुर धापाखेलका सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसर पारेर २५ लाखको समृद्ध जीवन बीमा पोलीसी उपहारस्वरुप दिएका हुन् । उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।
प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमति प्रदेश प्रमुख मदन विष्टले जीवन बीमाको महत्त्व दर्शाउँदै बीमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलिसी लिएकोमा मगर दम्पतीलाई बधाई एवं धन्यवाद ज्ञापन गरे ।
पाटन शाखाका एजेन्सी म्यानेजर श्री विजय कुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयरम्यान क्लब मेम्बर तथा एमडिआरटी श्याम चौलागाई, एजेन्सी अफिसर गोविन्द खड्का तथा शाखा प्रमुख प्रकाश अधिकारी सहित शाखामा कार्यरत अभिकर्ताको उपस्थिति रहेको थियो ।