काठमाडौं– सोमबार सेयर बजारको तथ्यांकीय मापक नेप्से ९२.४२ बिन्दुले बढेर २५८६.०१ मा पुगेको छ ।
नेप्से यो बिन्दुमा पुगेको पहिलोपटक हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर बजार प्रभावित हुने नीतिहरु यथावत छाडेपछि बजारमा उत्साहजनक उछाल आएको हो ।
आइतबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो ।

सोमबार २०५ कम्पनीको २ करोड २४ लाख ७१ हजार १५७ कित्ता सेयर १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

यस दिन निर्धन उत्थान लघुवित्तको सबैभन्दा धेरै ७० करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नबिल बैंकको ६८ करोड, छिमेक र डिप्रोक्स लघुवित्तको दुवैको ४७ करोड र ग्लोबल आइएमई बैंकको ४६ करोड रुपैयाँको किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय