काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमा महिला मात्र चालक दलका सदस्य रहेको पहिलो अन्तर्राष्ट्रिय उडानको जहाज केही बेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ ।

युएईएको दुबईबाट काठमाडौं आउँदै गरेको उक्त जहाज पाइलट भावना गिरी पन्त र कोपाइलट श्रृजना राउतले उडाएका हुन् । एयर बस ३२० जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेस सबै महिला रहेको निगमले जनाएको छ ।

युएईबाट काठमाडौंका लागि स्थानीय समय अनुसार आज बिहान ४ बजेर ५२ मिनेट जाँदा उडेको आरएनए २३० उडान नम्बरको जहाज १० बजे यो समाचार तयार गरिरहँदा भारतको अयोध्यामाथिको आकासमा उडिरहेको फ्लाइटरेडार२४ डट कमले देखाएको छ । केही बेरमै उक्त जहाज नेपाली आकासमा प्रवेश गर्नेछ ।

जहाज १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । उक्त उडानका एयर होस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति छन् ।

निगमले महिला दिवसका अवसरमा एउटा उडान सबै महिला क्रू मेम्बरबाट गराएको हो । निगम अनुसार नेपालको अन्तर्राष्ट्रिय उडान इतिहासमा यो नै सबै क्रू मेम्बर महिला भएको पहिलो उडान हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय