काठमाडौं– नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज १ लाख एक हजार ५०० रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय