काठमाडौं– वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूको संगठन नेपाल बैंकर्स संघले आगामी चैत १ गतेबाट कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । बिहीवार सम्पन्न संघको बैठकले चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको हो ।

कर्जाको ब्याजदर १ प्रतिशत बिन्दुले घटाए पनि निक्षेपको ब्याजदर भने ०.४२ प्रतिशतले घटाउने गरी निर्णय भएको वाणिज्य बैंकका एकजना सिइओले जानकारी दिए ।

हाल क वर्गका वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । उनीहरुले मुद्दती निक्षेपमा १२.४१ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।

कर्जातर्फ भने बैंकहरुले औसत ११.५ प्रतिशत बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज असुलीरहेका छन् । अब उच्चतम प्रिमियम दर पनि एक प्रतिशत बिन्दुले घटाउने सहमति भएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय