काठमाडौं– नागरिक लगानी कोषले ३३औं वार्षिकोत्स्वको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रुपैया प्रदान गरेको छ ।

ती संस्थाहरुलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुद लगायतका सामग्री खरिद गर्न १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गर्यो ।

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका बिरामीको पुनस्र्थापनको लागि फिजियोथेरापी, एम्बुलेन्स र एकीकृत स्वस्थ्य शिविर संचालनमा सहयोग पुर्याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउन्डेसन–नेपाल, शंखरापुर काठमाडौंलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

त्यसैगरी कोषले उपत्यकाबाहिर फरक क्षमता भएका बालबालिकालाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरुको लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुदसम्बन्धी कार्यको लागि २ लाख रुपैयाँको चेक प्रदान गरेको छ ।

यसअघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराइरहेको पदमपुर आधारभूत विद्यालय ढेढौली, चितवनलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोषले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दे आइरहेको र आगमी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय