काठमाडौं– भारतको पश्चिम बंगालमा बदाम बेच्ने भुवन बड्याकर बदाम बेच्नकै लागि ‘कच्चा बदाम’ बोलको गीत गाउँथे । त्यो गीतले इन्टरनेटमा सनसनी मच्चायो । एकजना सोसियल मिडिया युजरले उनको भिडियो इन्टरनेटमा अपलोड गरेका थिए ।

त्यसपछि भुवन एकाएक स्टार बने । भारत र बंगलादेशमा भाइरल हुने क्रममा उक्त गीतले युट्युबमा लाखौं भ्युज पायो । तर भुवन अचेल बिहान बेलुका हातमुख जोर्न संघर्षरत छन् । भारतीय सञ्चारमाध्यमहरुको रिपोर्ट अनुसार कपिराइट मुद्दाका कारण भुवन इन्टरनेटमा सनसनी मच्चाउने आफ्नै गीत पनि गाउन नपाउने अवस्थामा छन् ।

उनले भनेका छन्, ‘म दुबराजपुरमा एउटा भाडाको घरमा बसिरहेको छु । भाडामा निकै पैसा खर्च गरिरहेको छु । आम्दानीको कुनै स्रोत छैन । यो स्थिति कहिलेसम्म चल्छ त्यो पनि मलाई थाहा छैन ।’
कसले दियो भुवनलाई धोखा ?

भुवन भन्छन्, ‘मलाई कच्चा बदाम गीतले चर्चित बनाइदियो तर अब म त्यही गीतका कारण आफ्नो घरमा रहन सक्दिन ।’ भुवनका अनुसार बीरभूममा मुख्यालय रहेको संस्था र तयसको मालिकले इनिडयन पर्फर्मिङ सोसाइटी लिमिटेड भएको बहाना गरी युट्युबमा आफ्नो गीत अपलोड गर्न तीन लाख रुपैयाँ तिरेको उनको दाबी छ । बड्याकरले गीतको प्रतिलिपि अधिकार आत्मसमर्पण गर्ने कागजातमा हस्ताक्षर गरे पनि उनलाई के गर्दैछु भन्ने कुरा थाहा थिएन ।

भुवनलाई धोखा दिएका व्यक्तिसँग फोन सम्पर्क पनि भइरहेको छैन । ‘म पढेलेखेको मान्छे होइन । मलाई अंग्रेजी पढ्न पनि आउँदैन । उसले मलाई तिम्रो गाना मैले किनेको हुँ भन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय