बेइजिङ– सी चिनफिङ तेस्रोपटक चीनको राष्ट्रपति निर्वाचित भएका छन् । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार उनी जनवादी गणतन्त्र चीनको राष्ट्रपति र केन्द्रिय सैन्य आयोगको अध्यक्षमा शुक्रबार निर्विरोध निर्वाचित भएको उल्लेख गरेको छ ।

१४औं राष्ट्रिय जनकंग्रेसको जारी सत्रबाट सी ती पदमा निर्वाचित भएको पनि प्राप्त समाचारमा उल्लेख छ ।

बेलायती समाचार संस्था बिबिसीको समाचारमा चीनको ‘रबर स्ट्याम्प’ संसद्बाट सी तेस्रोपटक राष्ट्रपति निर्वाचित भएको उल्लेख छ । शक्तिको एकीकरणलाई पछ्याएको यो घटनाले ६९ वर्षीया सीलाई पुस्ताहरुकै सबैभन्दा प्रभावशाली नेता बनाएको छ ।

चिनियाँ शासन प्रणालीमा राष्ट्रपतिको काम व्यापक रुपमा सेरेमोनियल हुन्छ । सीको शक्तिको स्रोत कम्युनिस्ट पार्टीको महासचिव र केन्द्रिय सैनय आयोगको चेयरम्यान पद हो । गत अक्टोबरमा सम्पन्न पार्टी कंग्रेसले ती दुवै पद सीलाई दिएको थियो ।

त्यसबेलै सी तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने अपेक्षा गरिएको थियो । अबका दिनमा प्रधानमन्त्री र अन्य मन्त्रीहरुको नाम आउनेछ । ती पदहरुमा सीका बफादारहरुलाई नियुक्त गरिने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय