काठमाडौं– जापानी अटो निर्माता कम्पनी निसानले आफ्नो पछिल्लो उत्पादन म्यागनाइट गाडी नेपाली बजारमा ल्याउने भएको छ ।

नेपालका लागि निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले फागुन १० मा उक्त गाडी सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसै क्रममा कम्पनीले गाडीको मूल्य पनि सार्वजनिक गर्नेछ ।

कम्पनीले नयाँ म्यागनाइट गाडी देशभरका सोरुममा उपलब्ध गराउने जनाएको छ । यो गाडी जापानको इन्जिनियरिङमा भारतमा बनाइएको हो ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक संदीपकुमार शारडाले नयाँ निसान गाडीको प्रवेश बजार र ग्राहकप्रति प्रतिबद्धताको प्रतीक भएको बताए ।

बिग, बोल्ड, आकर्षक र अन्य धेरै विशेषतायुक्त यो गाडीको मुल्य पनि विशेष आकर्षक हुनेछ । नेपाली ग्राहकले यसको लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए । कम्पनीले ग्राहकका लागि थुप्रै अफर पनि ल्याएको शारडाले जानकारी दिए ।

निसानले समय अनुसार आफ्ना उत्पादनमा विविधीकरण गर्दै विश्व बजारका लागि विभिन्न स्थानमा उत्पादन सुरु गरेको छ । त्यस क्रममा ‘विश्व बजारका

लागि भारतमा उत्पादन’ भन्ने नारा नै बनाएको छ । कम्पनीले एसयुभीलाई विश्वभर पठाउन सुरु गरेको छ । यही क्रममा पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको छ ।

कम्पनीले २०२० लाई महत्त्वपूर्ण वर्षको रूपमा लिएको र भारतीय बजारमा यसले राम्रो प्रतिक्रिया पाएको जनाएको छ । यस्तै प्रतिक्रिया नेपाली बजारबाट पनि प्राप्त हुने विश्वास कम्पनीको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय