काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडिआरटी मिट २०२३ धुलिखेलमा भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा एमडिआरटी मिट २०२३ का लागि मनोनित सबै एमडिआरटीहरुलाई सम्मान गर्नुका साथै सिओटी हुन सफल गौरबकुमार शाही र टिओटी कमलप्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाइकल हस्तान्तरण गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले मोटरसाइकल हस्तान्तरण गरेको सूर्यज्योतिको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सिओटी, टिओटी तथा एमडिआरटीहरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम दिएको बताइएको छ ।

कार्यक्रमका सहभागीले कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेको पनि विज्ञप्तिमा उल्लेख छ । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ ।

उक्त कार्यक्रमले आगामी वर्षहरुमा एमडिआरटी संख्या अझ वृद्धि गर्ने हौसला मिलेको सिओटी गौरवकुमार शाहीले बताए । सोही कार्यक्रममा टिओटी कमलप्रसाद घिमिरले अभिकर्ता पेसालाई मर्यादित बनाउन अहोरात्र आफू खटिने जानकारी गराए ।

वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडिआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न पे्ररित गरेका थिए ।

सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जरपश्चात बनेको आइएसओ ९००१ः२०१५ बाट सम्मानित सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको चुक्ता पुँजी ४.५४ अर्ब रहको र देशभर १८१ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय