काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले पट्रोल, डिजेल, मट्टीतेल र ग्यासको मूल्य बढाएको एक साता बित्न नपाउँदै फेरि केही इन्धनको मूल्य बढाएको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट १६ फेब्रुअरीमा प्राप्त मूल्य अनुसार समायोजन नगरे १५ दिनमै १०७ करोड रुपैयाँभन्दा बढी घाटा पर्ने भन्दै पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो ।

निगमले गत माघ २८ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको थियो । ग्यासको मूल्य भने प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर १४०० रुपैयाँ पुर्याएको थियो ।

मंगलबार राति १२ बजेबाट लागू हुने मूल्य अनुसार काठमाडौंको थानकोटस्थित निगमको डिपोबाट १५ किलोमिटरभित्रका ग्राहकले एक लिटर पट्रोलको लागि ११४ रुपैयाँ तिर्नुपर्नेछ ।

मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । हवाई इन्धनको हकमा ६७ रुपैयाँ मूल्य कायम गरेको निगमले जानकारी गराएको छ ।

यो समायोजनपछि पनि पट्रोल प्रतिलिटर ५.८२ रुपैयाँ, मट्टीतेल र डिजेलमा ४.१३ रुपैयाँ तथा एलपी ग्यासमा २९५.८३ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय