काठमाडौं– सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे (स्टार) होटलको मान्यता दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि संकेत चिह्न निर्धारण गरेको हो । यसअघि

विभागले सुविधासम्पन्न होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन ।

विभागले सबै स्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा संकेत चिह्नको रुपमा तारा चिह्न निर्धारण गरेको छ । होटल एसोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले तारे होटलसम्बन्धी नयाँ मापदण्डले होटलको स्तरीकरणका साथै होटलको सेवा सहज ढंगले प्राप्त गर्न ग्राहकलाई पनि सहज हुने टिप्पणी गरे ।

उनले भने, ‘यो संसारभरको अभ्यास पनि हो । सरकारी मापदण्ड पालना गराउन सजिलो हुन्छ । होटलको स्तरीकरणका साथै सेवा सुदृढीकरणमा समेत सहयोग पुग्छ । हाम्रै (हान) को पहलमा विभागले होटलको स्तर चिह्न प्रदान गरेको हो ।’

विभागका अनुसार सबै तहका होटल तथा रिसोर्टले आफ्नो पहिचान दिने संकेत चिह्न अनुसारको साइनबोर्ड होटलको गेटमै राख्नु पर्नेछ । यसबाहेक हानसँग सम्बन्धित संघ संस्थामध्ये आफू कुन संघमा आवद्ध भएको हो, आवद्धता रहेको संघको समेत चिह्न बोर्डमै राख्नुपर्ने गरी विभागबाट निर्णय भएको छ ।

वर्गीकरण अनुसार होटलको संकेत चिह्न क्रमशः एक तारादेखि पाँच तारासम्म हुनेछ भने पाँचतारा डिलक्स होटलका लागि पाँचतारा र डिलक्स शब्द राख्नु पर्नेछ । त्यस्तै साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर तीन तारे हुनेछ । जसको संकेत चिह्नमा ‘तीन तारा र स्टान्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ । डिलक्स हेरिटेज बुटिक होटलका लागि ‘चारतारा र डिलक्ल हेरिटेज बुटिक’ शब्दले संकेत गरिनेछ ।

सबै तहका होटल तथा रिसोर्टले आफ्नो पहिचान दिने संकेत चिह्न अनुसारको साइनबोर्ड होटलको गेटमै राख्नु पर्नेछ । यसबाहेक हानसँग सम्बन्धित संघ संस्थामध्ये आफू कुन संघमा आवद्ध भएको हो, आवद्धता रहेको संघको समेत चिह्न बोर्डमै राख्नु पर्नेछ । 

लक्जरी हेरिटेज बुटिक होेटलका लागि ‘पाँचतारा र लक्जरी हेरिटेज बुटिक’ शब्द राखिने भएको छ । रिसोर्टतर्फ साधारण रिसोर्टले तीनतारे स्तरको मान्यता पाएको छ । यस्तो रिसोर्टले तीनतारा र स्टान्डर्ड रिसोर्ट शब्द लेखेको संकेत चिह्न पाएको छ ।

डिलक्स रिसोर्टले चारतारा र लक्जरी रिसोर्टले पाँचतारा र लक्जरी रिसोर्ट शब्द राखेर आफ्नो रिसोर्टको पहिचान जनाउन सक्ने गरी निर्णय भएको छ । पर्यटक स्तरका होटलको संकेत चिह्न ‘टिएस’ हुनेछ ।

साबिकमा पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटलको स्तर वर्गीकरण भएको र अहिले प्रदेश सरकारको निकायबाट यस स्तरको होटलमा वर्गीकरण भएका सबै होटलले गोलाकार भित्र रातो रङमा (टिएस) लेखेको चिह्नलाई होटलको संकेत चिह्नका रुपमा प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।

मोटलका लागि विभागले ‘एम ’संकेत चिह्न दिएको छ । गोलाकार रेखाभित्र रातो रङमा ‘एम’ लेखिएको चिह्न निर्धारण गरिएको छ । साबिकमा पर्यटन विभाग र मातहतका कार्यालयमा दर्ता भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटलले यो चिह्न प्रयोग गर्नुपर्नेछ ।

‘पर्यटक इन’ स्तरमा वर्गीकरण भई सञ्चालनमा रहेका होटलले भने ‘आई’ संकेत चिह्न प्रयोग गर्नुपर्नेछ । बेड एन्ड ब्रेक फास्टका रुपमा दर्ता भएका होटलहरुको संकेत चिह्न गोलाकार घेराभित्र रातो रङमा ‘बिएन्डबी’ लेखिएको चिह्नलाई संकेतका रुपमा निर्धारण गरिएको छ ।

सबै स्तरका रिसोर्ट, तारास्तरका होटल, सबै स्तरका बुटिक होटल र रिसोर्टले प्रवेशद्वारमा सबैले देख्ने गरी साइनबोर्ड राख्नुपर्ने विभागले जनाएको छ । साइनबोर्ड भने सम्बन्धित स्थानीय तहले तोकेको आकार र बनोट अनुसार छनोट गर्न सकिनेछ । यसरी रहने साइनबोर्डको समेत मापदण्ड तोकिएको छ । साइनबोर्डको माथिल्लो भागमा नेपालको रंगीन निशाना छाप राख्नुपर्ने भएको छ ।

Hello

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय