काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ८०० ले बढेको छ । छापावाला सुन तोलामा आइतबार ८०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आइतबार ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
महासंघका अनुसार तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोवार भएकोमा आइतबार ८८ हजार ५५० मा कारोवार भइरहेको छ ।
त्यस्तै, चाँदी तोलामा एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
तोलामा एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आइतबार तोलामा २५ ले बढेको हो ।