काठमाडौं– नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने अनुमति दिएको छ ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्रीको लागि बोर्डसँगै स्वीकृति मागेको थियो ।

कम्पनीले चुक्तापुँजीको ३० प्रतिशत बराबरको साधारण सेयर बिक्री गर्न लागेको हो । कम्पनीले साधारण सेयर निष्कासन तथा बिक्रीका लागि बिक्री प्रबन्धमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । निष्कासन तथा बिक्री प्रबन्धकले केही दिनभित्रै सार्वजनिक विवरण प्रकाशन गर्ने तयारी गरेको छ ।

पछिल्ला दिनमा आइपिओमा लगानीको ओइरो लाग्न थालेको छ । पछिल्लो विवरणअनुसार २८ लाख ८३ हजारले हितग्राही (डिम्याट) खाता खोलेका छन् । यस्तै अनलाइन कारोबारका लागि नेप्सको टिएमएस सेवा लिनेको संख्या तीन लाख ५० हजार बराबर पुगेको छ ।

पछिल्ला दिनमा साधारण सेयर बिक्री गरेको पूर्वाधार बैंक, चन्द्रागिरि हिल्स लिमिटेड, पुनबिमा कम्पनीका कारण सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । (प्रशिक्षार्थी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय