काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ८९ हजारमा कारोबार भएकोमा सोमबार सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ८९ हजार र तेजावी सुनको मूल्य तोलामा ८८ हजार ५५० सय कायम गरिएको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदीको मूल्य तोलामा एक हजार ३३० मा कारोबार भएकोमा सोमबार तोलामा पाँच रुपैयाँले बढेर तोलामा एक हजार ३३५ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय