
काठमाडौं– आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले आव ०७६/७७ को नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।
संस्थाले कायम चुक्तापुँजीको ८.८५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि संस्थाको आगामी साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।