काठमाडौं– बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार स्थगित भएको छ । सो बैंकमा केही प्राविधिक समस्या आएपछि कारोबार स्थगित गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

अन्य कम्पनीको कारोबार भने साबिकमा झैं भइरहेको नेप्सेले जनाएको छ । उक्त बैंकको देखिएको डाटा गलत हुन सक्ने पनि नेप्सेले प्रस्ट पारेको छ ।

उक्त प्राविधिक समस्या चाँडै सल्टाएर कारोबार नियमित गराउने प्रयास भइरहेको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय