काठमाडौं– महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्कासन गरिएको साधारण सेयर शुक्रबार बाँडफाँट हुने भएको छ । प्रतिआवेदक १० कित्ताले बाँडफाँट गर्दा यो सेयर ३७ हजार पाँच सय जनालाई मात्रै भाग पुग्छ । बाँकी १५ लाख ४३ हजारभन्दा बढी आवेदकले सेयर पाउने छैनन् ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाए अनुसार सेयरको बाँडफाँट हात्तिसारस्थित नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा हुनेछ ।

संस्थाले गत माघ ३० गतेबाट सय रुपैयाँ अंकित दरका चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता आइपिओ निष्कासन गरेको थियो । चार लाख कित्तामध्ये पाँच हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

यो सेयरका लागि १५ लाख ८० हजार ७ सय ८१ जनाले आवेदन दिएका छन् । ती आवेदकबाट २ करोड ४६ लाख ६६ हजार एक सय ७० कित्ता सेयर माग भएको छ ।

यो सेयर १० कित्ताका दरले बाँडफाँट गर्दा ३७ हजार पाँच सयजनाले मात्रै पाउँछन् । बाँकी १५ लाख ४३ हजार २८१ जनाको हात खालि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय