काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ५.८९ बिन्दुले घटेर २००२.४५ बिन्दुमा कायम भएको हो ।

आज विभिन्न कम्पनीका ६५ लाख १६ हजार ६ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४ सय ७१ रुपैयाँमा कारोबार भएका छन् । आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक ०.९२ र म्युचुअल फन्ड समूहको उपसूचक ०.३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लगानी समूहको उपसूचक ०.९५ प्रतिशतले घटेको छ ।

माईखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक तथा दुईवटा कम्पनी शुभम् पावर लिमिटेड र थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ करोड ६८ लाख ९६ हजार ६ सय ४ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याको आधारमा भने सिद्धार्थ इक्विटी फन्डको ३ लाख १९ हजार ७ सय कित्ता किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय