काठमाडौं– कारोबार साताको अन्तिम दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.७३ प्रतिशतले घटेको हो ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । बजारमा २०६ कम्पनीको ६ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

जसमध्ये सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर कारोबार भएको छ । उक्त बैंकको एकैदिन ९० करोड ३५ लाख बराबरको सेयर किनजबेच भएको छ । बैंकको सेयर मूल्य सामान्य ३.३८ प्रतिशतले घटेर प्रतिकित्ता ५४३ मा पुगेको छ ।

राताम्मे भएको बजारमा पनि चन्द्रागिरी हिल्सका लगानीकर्ताले करिब १० प्रतिशतले सेयर सम्पत्ति बढाएका छन् ।

यस दिन कारोबारमा आएको सबै उपसमूहको परिसूचक राताम्मे भएको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१७ प्रतिशत घटेको छ।

त्यसैगरी, यस दिन बैंकिङ्ग, व्यापार, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय