काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले समाजमा द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय लगत्तै दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको हो ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस सम्बन्धमा टिकटकलाई पनि इमेल लेखेको जानकारी दिए । उनले अबको २४ घन्टामा सबै ब्लक हुन सक्ने पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय