काठमाडौं– ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले आशाजनक स्टार्टअपहरूमा १०० मिलियन डलरसम्म लगानी गर्ने लक्ष्य राख्दै नयाँ उद्यम तथा एम एन्ड ए आर्मको सुरुआत गर्ने घोषणा गरेको छ । न्यू भेन्चर्सको भाइस प्रेजिडेन्टको रूपमा इनड्राइभमा सामेल भएका अनुभवी उद्यमी र लगानी व्यवसायी एन्ड्रिज स्मिथको नेतृत्वमा यो लगानी हुने भएको हो ।

न्यू भेन्चर्सको लगानी तीव्र वृद्धि र सकारात्मक सामुदायिक प्रभावमा केन्द्रित रहने बताइएको छ । यसको लगानी मापदण्डमा अन्यायलाई चुनौती दिने र व्यक्ति एवम् समुदायको जीवनमा सुधार गर्ने मिसन, विश्वव्यापी विस्तारको सम्भावना भएका स्थानीय स्टार्टअपहरू, पोस्ट–सीड/प्रि–सिरिज ए कम्पनीहरू–प्रमाणित उत्पादन बजार फिट भएका, द्रुत अर्गानिक वृद्धि र स्वस्थ आर्थिक तथा नगद प्रवाह रहेको बताइएको छ ।

इनड्राइभको न्यू भेन्चर्स भाइस प्रेजिडेन्ट एन्ड्रिज स्मिथ भन्छन्, ‘कुनै समयको अन्डरडग र अहिलेको विश्वव्यापी कम्पनी—इनड्राइभ पक्कै पनि उदीयमान लगानीकर्ता हो जसले अन्यायलाई चुनौती दिने आफ्नो मिसनमा प्रतिबद्ध रहँदै द्रुत रुपमा विश्वव्यापी वृद्धि हासिल गरिरहेको छ ।

मानिसहरूको जीवनमा सुधार गर्ने किसिमका आविष्कारहरु गर्ने उदीयमान कम्पनीहरूमा लगानी गर्दै इनड्राइभले सफल तर बेवास्ता गरिएका स्टार्टअपहरूलाई मद्दत गरेर अन्यायलाई चुनौती दिने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउने लक्ष्य लिएको छ । उदीयमान बजारहरूमा आफ्नो उपस्थिति र द्रुत बृद्धिको फाइदा उठाउँदै इनड्राइभले विकसित देशहरूको तुलनामा पूँजी बजारमा न्यून पहुँच भएका यस्ता कम्पनीहरुमा लगानी गर्न खोजेको हो ।

उज्ज्वल भविष्यको लागि योगदान दिँदै आफ्नो व्यवसायलाई वृद्धि गराउन चाहने अन्य नयाँ स्टार्टअपहरुलाई सक्षम बनाउने इन्ड्राइभको लक्ष्य हासिल गर्नको लागि मेरो आफ्नै उद्यम निर्माण र लगानी अनुभवलाई प्रयोग गर्न पाउँदा म उत्साहित छु ।’
इनड्राइभको यो न्यू भेन्चर्स युनिट आफ्नो लगानी रहेको या आफूले अक्वाएर गरेको कम्पनीहरुलाई इनड्राइभको प्लेटफर्ममार्फत तिव्रगतिमा बढाउन केन्द्रित रहेको बताइएको छ । यी कम्पनीहरूले ४५ भन्दा धेरै बजारमा विश्वव्यापी मल्टि–मिलियन कस्ट्युमर बेस, कम्पनीको गो–टू–मार्केट जानकारी र प्रविधिको उपयोग गरेर बजारमा आफ्नो बलियो उपस्थिति बनाउन यी कम्पनीहरु सक्षम हुने दाबी गरिएको छ ।

एन्ड्रिजले स्टार्टअप र कर्पोरेट संगठनहरूमा मुख्य रणनीतिक भूमिका निभाएका छन् । उनीसँग मोर्गन स्टेनली र एभिभा लगायत प्रमुख कर्पोरेटहरूमा व्यावसायिक रूपान्तरण, एक्विजिसन र एकीकरण गरेको अनुभव रहेको छ । उनले युरोप, मध्यपूर्व र एशिया–प्रशान्तको मुख्य रणनीतिक विकास साझेदार र स्वतन्त्र कर्पोरेट उद्यम निर्माणकर्ता स्ट्राइबरको साझेदारको रूपमा सफल उद्यमहरू पनि निर्माण गरेका छन् ।

इनड्राइभका प्रेजिडेन्ट मार्क लक्रिनले भनेका छन्, ‘न्यू भेन्चर्सको मुख्य मिसन भनेको परम्परागत इनोभेसन हबहरूभन्दा बाहिरका र बेवास्ता गरिएका तर उच्च वृद्धिको सम्भावना भएका स्टार्टअपहरू पहिचान गर्नु र तिनीहरूको सकारात्मक प्रभाव बढाउनको लागि तिनीहरूको विस्तारमा सहयोग गर्नु हो । एन्ड्रिजसँग कर्पोरेट र उद्यम निर्माण अनुभवको एक अद्वितीय मिश्रण छ जसले गर्दा उनी न्यू भेन्चर्सको नेतृत्व गर्न योग्य र सक्षम छन् । उनको ऊर्जा र अनुभवले हामीलाई हाम्रो लगानी लक्ष्यहरू हासिल गर्न मद्दत गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय