हेटौंडा– एस्ट्रोनोभा फाउन्डेसन नेपालको आयोजनामा हेटौंडामा पहिलो पटक हेटौंडा इन्जिनियर्स मिटअप ३१ २०८०ू सम्पन्न भएको छ। स्टुडेन्ट डेको अवसर पारेर गरिएको सो भेलामा इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिक, मेकानिकल, सूचना प्रविधि, कम्प्युटर, आइटी सेक्युरिटी, इन्ड्रस्ट्रियल, केमिकल, अटोमोबाइल आदि क्षेत्रका साथै विज्ञान प्रविधिका अन्य क्षेत्रमा बीटेक, फरेस्ट्री, कृषि, एक्चुरिएल साइन्स, आर्किटेक्ट, मेडिकल साइन्स लगाएतका विभिन्न क्षेत्रमा स्नातक पास भइसकेका तथा पढ्दै गरेका ६० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको बताइएको छ ।

एस्ट्रोनोभा फाउन्डेसन नेपालका अध्यक्ष किशन बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव चिरञ्जीवी लामिछाने, कोषाध्यक्ष आयुष बस्नेत, बोर्ड सदस्य अनुज अधिकारी तथा इन्जिनियर लिलानाथ घिमिरेले संस्थाको भिजन, मिसन र लक्ष्यका साथै आफूहरूले हाल गरिरहेका इनोभेटिभ प्रोजेक्टहरु र भइरहेका कामका प्रगति विवरण आदि जानकारीहरू प्रदान गरिएको थियो ।

उक्त सन्दर्भमा फाउन्डेसनका संस्थापक अध्यक्ष बास्तोलाले विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन, उधमशीलता जस्ता कुराहरुमा कसरी बालबालिकाहरुलाई विद्यालय स्तरदेखि नै अग्रसर गराउँदै उनीहरुमा दीर्घकालीन सोच, वैज्ञानिक सोच संस्कृति, नविनतम विचारधाराको संस्कृती विकास गराई हेटौंडलाई विज्ञान, प्रविधि, नवप्रवर्तनशीलता, उधमशीलता तथा शैक्षिक र पर्यटनका हिसाबले देशकै नमुना सहरका रुपमा विकास गराउन सकिने राय प्रस्तुत गर्दै यसका फिजिकल, डिजिटल र पेडागोजिकल पक्षको समिश्रण सहितको समाधानका मोडेल समेत प्रस्तुत गरेका थिए ।

भेटघाटमा हेटौंडालाई आईटी हबको रुपमा विकास गराउन कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा विचारविमर्श गर्दै फाउन्डेसनको पहिलो लक्ष्यअन्तर्गत प्रस्तावित क्रिएटिभिटी एनड इनोभेसन वर्कसप लेबोरेटरी (एएफएन टिंकेरिङ ल्याबको बारेमा र यस्ले कसरी आफ्नो कामकारबाही र आउने दिनहरूमा यस प्रयोगशालामार्फत समाजमा पार्ने सकारात्मक प्रभाव तथा चुनौतीको विषयमा समेत छलफल गरेका थिए ।

विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीलाई आफूमा भएको प्रतिभा एक्सप्लोर गर्न मिल्ने वातावरण, उनीहरूको रुचि अनुसारका इनोभेटिभ प्रोटोटाइपहरू बनाउन मिल्ने आइओटी ल्याब, जुनसुकै उमेर समूहका विद्यार्थीले कुनै विषयवस्तुमाथि अनुसन्धानको लागि साथ सहयोग, अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा प्रस्फुटनका अवसर, नयाँ कुरा सिक्छु भन्नेलाई विभिन्न विद्यालयमा इन्टर्नसिपको व्यवस्था, ९ वर्षमाथिका विद्यार्थीलाई कोडिङ प्रोग्रामिङ ल्याङ्वेजको व्यवस्था, वेदिक गणित तालिम, नयाँ खालका बिजनेस आइडियामा लगानी साथै विज्ञान, सूचना प्रविधि, इन्जिनियरिङ, कला, गणित आदि क्षेत्रमा निरन्तर रुपमा कार्यशाला, प्रशिक्षण, प्यानल डिस्कसन, ग्रुप डिस्कसन आदि निरन्तर हुने उक्त प्रयोगशालालाई जुनियर रिसर्च ल्याब, मेकर्स प्लेस, सफ्टवेयर प्रोडक्सन हाउस, अ प्लेस फर बिउटिफुल माइन्ड आदि नामले समेत बोलाउन सकिने बताइएको छ ।

यसका साथै मध्यकालीन र दीर्घकालीन लक्ष्यहरूको बारेमा बताउँदै सयौं विद्यार्थी एउटै उद्देश्यका साथ एउटै प्लेटफर्ममार्फत जो जहाँ रहेर पनि सहकार्यमा अघि बढ्न सकिने र त्यस्का लागि प्रगतिशील सोच राख्ने इच्छुक सबै विद्यार्थी अट्न सक्ने र जोड्न सकिने डिजिटल प्लेटफर्म निर्माण भइरहेको र त्यस्मा इन्जिनियरिङ लगायत सबै क्षेत्रका विद्यार्थी आवश्यक हुने समेत जानकारी दिइयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय