काठमाडौं– तिहार र छठपछि आज खुलेको शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.३९ बिनदुले बढेर १८५३.४८ अंमा कायम भएको छ ।
आज २८४ कम्पनीको ३३ लाख १९ हजार ५५८ कित्ता सेयर ४४ हजार ७२७ पटक खरिदबिक्री हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज होटल तथा पर्यटन समूह १.८३, उत्पादन तथा प्रशोधन समूह १.९१, लघुवित्त समूह १.४२ र अन्य समूह ०.१३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बढ्नेमा व्यापार समूह १.४२ र विकास बैंक समूह १.२६ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।