काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २३.८२ बिन्दुको गिरावट आएको छ । मंगलबार बजार बन्दा हुँदा नेप्से १८२९.६५ को बिन्दुमा कायम भएको हो ।

आज २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर ३७ हजार ६०७ पटक खरिदबिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँको कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २१ अर्ब १ करोड ८१ लाख ८७ हजार ८८० रुपैयाँ कायम भएको छ ।

आज म्युचुअल फन्ड समूहको उपसूचक ०.४२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३.१२ र लघुवित्त समूहको २.८९ प्रतिशतले बढेको छ ।

मेन्छियम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ८.१३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने माथिल्लो मैलुङखोला लिमिटेडको सेयर मूल्य ९.७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेड ७ करोड ७८ लाख २९ हजार २३८ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै २ लाख ९ हजार ७६० कित्ता किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय