काठमाडौं– नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

विगतमा बोनस सेयर दिँदै आएको नबिलले यस वर्ष भने नगद लाभांश मात्र वितरण गर्ने घोषणा गरेको छ । नबिलले यसपालि सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

मंसिर ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित नगद लाभांश प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय