काठमाडौं– माछापुच्छ्रे बैंक सञ्चालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बिहीबार बसेको सञ्चालक समिति बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले राजीनामा दिएसँगै सो जिम्मेवारी केसीले पाएका हुन् । केसी ९ वर्षदेखि बैंकमा आबद्ध थिए । उनी २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म माछापुच्छ्रेमा अध्यक्ष भएका थिए ।
पछिल्लोपटक अध्यक्ष नियुक्त हुनुअघि उनी उक्त बैंकमा संस्थापक सञ्चालकको रुपमा थिए । सफल युवा व्यवसायीको परिचय बनाएका केसी हाइड्रो, कन्सट्रक्सन, बैंक, वित्तीय संस्थालगायत व्यवसायमा आबद्ध छन् ।