काठमाडौं– चालु आर्थिक वर्षको चार महिनामा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६३ करोड रुपैयाँ नाघेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.१५ प्रतिशतले कम हो ।

साउनदेखि कात्तिकसम्ममा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्ष यही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो ।

सोही अवधिमा ५० अर्ब ५६ करोड ६३ लाख ८१ हजारको वस्तु नेपालबाट निर्यात भएको छ । पोहोर चार महिनाको निर्यात ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँभन्दा माथि थियो ।

गत साउनदेखि कात्तिकसम्ममा पोहोरको सोही अवधिको तुलनामा आयात ३.७९ र निर्यात ७.६८ प्रतिशतले घटेको छ । यस अवधिमा व्यापार घाटा पनि कम भएको छ । गत वर्ष ४ खर्ब ७७ खर्ब रहेको व्यापार घाटा यसपालि ४ खर्ब ६१ अर्बमा सीमित भएको छ ।

अघिल्लो वर्षको तुलनामा आयात निर्यात दुवै घट्दा समग्र व्यापारको आकार घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय