काठमाडौं– प्रहरीले बल्खु र तीनकुने क्षेत्रमा सञ्चार सेवा रोकिदिएको छ ।

व्यवसायी दुर्गा प्रसाई र एमाले निकट युवा संघले गरेको विरोध कार्यक्रमलाई लक्ष्य गर्दैै प्रहरीले सञ्चार सेवा अवरुद्ध गरेको हो ।

तीनकुनेमा युवा संघ र बल्खुमा प्रसाई पक्षधरले प्रदर्शन गरिरहेका छन् । दुईथरी प्रदर्शनकारीबीच विहान झपड पनि भएको थियो । अप्रिय घटना रोक्न प्रहरीले सञ्चार सेवामा अवरोध खडा गरेको हो ।

यी दुवै ठाउँमा प्रहरीले नेटवर्क जामर उपकरण चलाएर मोलाइल नेटवर्क अवरुद्ध गरेको हो । उक्त यन्त्रले करिब १०० मिटर वरपरको क्षेत्रमा मोबाइल नेटवर्क नचल्ने बनाइदिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय