काठमाडौं– उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको थप निष्कासनको सेयर (एफपीओ) बाँडफाँट भएको छ । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा शुक्रबार बिहान एफपीओ बाँडफाँट भएको हो ।

उन्नति सहकार्य लघुवित्तले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयरमा कुल १० लाख ७२ हजार ७६८ आवेदन परेको थियो । जसमध्ये १० लाख ७२ हजार ४४३ आवेदन स्वीकृत भएको र ३२५ आवेदन रद्द भएको सद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट एफपीओ बाँडफाँट गरिएको बताइएको छ । १७ हजार ८४५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन । बाँकी रहेको १ कित्ता १० कित्ता पाएकामध्येबाट एकजनाले र त्यसपछि बाँकी रहेको ०.१८ कित्ता १० कित्ता बाँडफाँटमा परेका अर्का एकजना लगानीकर्ताले प्राप्त गरेको सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय