काठमाडौं– गरिमा विकास बैंक लिमिटेड मंसिर ७ गतेबाट १६ वर्ष पूरा गरी १७ मा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त बैंकले ८० अर्ब निक्षेप संकलन गरी करिब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १२३औं शाखा विस्तार गरेको छ भने देशैभर एकै दिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । बैंकले विभिन्न ठाउँमा रक्तदानका साथै गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम म्याग्दी, श्री शिव पार्वती बृद्धाश्रम तथा बहुउद्देश्य संस्था स्याङ्जा र गुरुकुल बृद्धाश्रम स्याङ्जामा न्यानो कपडा वितरण गरेको छ ।

विर्तामोड नगरपालिका झापाको सबै वडामा डस्टबीन वितरणका साथै चितवनको भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्थालाई डस्टबिन हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । त्यसैगरी श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ ।

अनाथ तथा असहाय महिला कल्याण समाज रुपन्देहीको अनाथ आश्रमलाई इन्भर्टर तथा प्रशान्ति बृद्धाश्रम केन्द्र (सुर्खेत)लाई आवश्यक बेड हस्तान्तरण गरेको बैंकको भनाइ छ ।

ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्न क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना गरिएको र वित्तीय जागरुकताका लागि नेसनल इन्फोटेक कलेज विरगंजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीलाई आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेको बैंकले काठमाडौंको बूढानीलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण गरेको छ । त्यसैगरी नेपाल प्रहरी अनाश्रित गुल्म सुन्धारालाई भिजिटर कुर्सी र अमर सेवा नेपाल अनाथ आश्रमलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय