काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई भारतको मुम्बईमा आयोजित चौथो आइसीसी इमार्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ समारोहमा आउटस्ट्यान्डिङ पर्फर्मेन्स इन द लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपालबाट सम्मानित गरिएको छ ।

बिहीवार सम्पन्न अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो । कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानी जस्ता मापदण्डको मूल्यांकन गर्दै कम्पनीलाई यो सम्मान प्रदान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

उक्त सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्रहण ग्रहण गरेका थिए । चौथो आइसीसी इमार्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ पीडब्लूसी भारतको सहकार्यमा गरिएको हो । संसारमै लब्धप्रतिष्ठित परामर्शदाता पीडब्लूसीले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीहरुको कार्यसम्पादन गर्ने प्रक्रियाको समीक्षा गर्दै कम्पनीहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

कम्पनीको कार्यकुशलता, प्रभावकारी एवं पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वश्रेष्ठ रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई उक्त अवार्डबाट सम्मानित गरिएको बताइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुनुको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, सम्पूर्ण कर्मचारी, अभिकर्ता, नियामक निकाय, सेयरधनी तथा नेपाल लाइफसँग आवद्ध समस्त सेवाग्राहीलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा आभार प्रकट गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय