काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईको भक्तपुरस्थित निवास वरपर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

बिहीवार राजधानीमा प्रदर्शन आयोजना गरेका प्रसाईले शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
प्रसाई निवास वरपर अस्वाभाविक रुपमा प्रहरी परिचालन गर्नुलाई उनको आन्दोलन निस्तेज पार्ने सरकारी प्रयासको रुपमा हेरिएको छ ।

प्रसाईका प्रेस संयोजक सज्जन पोखरेलका अनुसार प्रसाई निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सो ठाउँमा आउजाउ गर्नेलाई खोधपुछ गरिएको र रोक्ने प्रयास समेत भएको उनले दाबी गरे ।

यसैबीच, प्रसाईले केही बेरमा निवासमै पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ राख्ने तयारी गरिरहेको पोखरेलले जानकारी दिए ।
प्रशासनका अनुसार प्रसाईले तीनकुनेमा प्रदर्शन गर्न अनुमति लिएका छैनन् । जबरजस्ती गरे धरपकड हुने प्रशासनको चेतावनी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय