काठमाडौं– नेपालका पहिलो चार्टर्ड एकाउन्टेन्ट तथा पूर्वमन्त्री पर्यटनमन्त्री कुबेरप्रसाद शर्माको निधन भएको छ । ८४ वर्षका शर्माको शुक्रबार ४ः३० बजेतिर काठमाडौंको मेडिकेयर अस्पतालमा निधन भएको हो ।

शर्मालाई दमलगायतको समस्या रहेको उनका पूर्वसाझेदार प्रह्लाद गौतमले जानकारी दिए । शर्माका तीन छोरी छन् ।

सन् २०१६ मा सिए शर्माले पिछडिएको समुदायका विद्यार्थीलाई छात्रवृत्तिमा सिए अध्ययनको अवसर प्रदान गर्न २० लाख रुपैयाँको सिए कुबेरप्रसाद शर्मा छात्रवृत्ति कोष स्थापना गरेका थिए । सो कोषको ब्याज आम्दानीबाट लक्षित वर्गका विद्यार्थीले छात्रवृत्ति पाइरहेका छन् ।

उनले सन् १९६४ मा कुबेर एन्ड कम्पनी नामको चार्टर्ड एकाउन्टेन्सी फर्म खोलेर लेखा व्यवसाय सुरु गरेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रले उनको सक्रिय शासनकालताका सन् २००३ मा शर्मालाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय