काठमाडौं– फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

घोषित लाभांशको आधा बोनस सेयर र आधा नगद लाभांश रहेको कम्पनीले जानकारी दिएको छ ।

मंसिर १३ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारण सभामा पेस गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय