काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिरेका ३० दूरसञ्चार सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । प्राधिकरणले बक्यौता नतिरेका ती सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको हो ।

प्राधिकरणले आइतबार एक सूचना जारी गरी ताकेता गर्दा पनि ३० सेवा प्रदायक सम्पर्कमा नआएकाले अन्तिमपटक सात दिनको म्याद राखेर सूचना जारी गरेको जनाएको छ ।

उनीहरूले नेपाल सरकार र प्राधिकरणमा नियम अनुसार बुझाउनुपर्ने लेखापरीक्षण भएको वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनुपर्नेमा सो भएको नदेखिएको प्राधिकरणले जारी सूचनामा उल्लेख छ ।

सूचना जारी भएको मितिले ७ दिनभित्र सम्पर्कमा नआए दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेज गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय