नुवाकोट– ‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबार सुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका स्थलको प्रचारप्रसार एंव स्थानीयत यहलाई आर्थिक रुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव सुरु गरिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महोत्सवको उद्घाटन गर्दै मेला तथा महोत्सवले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सहयोग पुग्ने भएकाले यसलाई सफल बनाउन आग्रह गरे । सांसद बहादुरसिंह लामा तामाङले नुवाकोटको छहरे बजार काठमाडौंसँगको छोटो दूरी, मध्यपहाडी राजमार्ग, कृषि उब्जनीको भण्डारणस्थल, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार तथा महत्त्व बाहिर ल्याउन महोत्सवलाई माध्यमको रुपमा लिएर सफल हुुनुपर्ने सुझाव दिए ।

महोत्सव चलाउन ४८ लाख खर्च लाग्ने र त्यसको लागि आयोजक लिखु गाउँपालिका, सहआयोजक जिल्ला समन्वय समिति नुवाकोटसहित सबै पालिका, प्रवर्द्धकमा नुवाकोट उद्योग वाणिज्य संघ लगायतका संघ–संस्थामार्फत मुनाफारहित रुपमा चलाउन थालिएको हो । महोत्सवमार्फत समग्र नुवाकोटको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनमा जोड दिइएको आयोजक लिखु गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले बताए ।

फागुन १४ देखि २२ गतेसम्म लिखु गाउँपालिका–६ स्थित कुमालठाँटीमा महोत्सव चल्नेछ । महोत्सवमा हेलिकप्टरमार्फत रसुवाको गोसाइँकुण्डसम्म पुग्न र शिवपुरीको सुइरेचौरबाट छहरेसम्म प्याराग्लाइडिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय