काठमाडौं– उद्योगी व्यवसायीले बैंक वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ब्याजदर घटाउनुपर्ने आवाज उठाइरहेका बेला केन्द्रीय बैंकले चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंकदर र नीतिगत दर घटाएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षामार्फत बैंकदर ७ प्रतिशत कायम गरेको हो । यसअघि उसले बैंक दर ७.५ प्रतिशत तोकेको थियो ।

नीतिगत दर पनि ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ । निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा कायम गरेको छ ।

केन्द्रीय बैंकले ब्याज दर घटाउन पहल प्रयासमा यो कदम चालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय