काठमाडौं– चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले यसपालि पनि सेयरधनीलाई प्रतिफलको रुपमा बोनस सेयर र नगद लाभांश दिने भएको छ ।

कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । शुक्रबार साँझ सम्पन्न कम्पनी सञ्चालक समितिको ४२३ बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले घोषित लाभांश पारित गर्न पुस २० गतेका लागि २७औं वार्षिक साधारणसभा गर्ने मिति तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय