काठमाडौं– सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सेयर बाँडफाँटको नतिजा हेर्न छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ ।

बाँडफाँटको नतिजा अनलाइन न्युज पोर्टलहरुलाई नदिने निर्णयसँगै महिला लघुवित्त वित्तीय संस्थाको बाँडफाँट नतिजा हेर्न निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड र मेरो सेयरमा लगानीकर्ताका चाप बढेर मेरो सेयरका अन्य सेवा प्रभावित भएपछि कम्पनीले नयाँ वेबसाइट सञ्चालन गरेको शनिबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

कम्पनीले  https://iporesult.cdsc.com.np (आइपिओरिजल्ट डट सिडिएससी डट कम डट एनपी) नामको वेब पोर्टल सञ्चालनमा ल्याएको हो । सार्वजनिक निष्कासनको बाँडफाँट नतिजा मात्र राखिने हुँदा यो सुरक्षित र छिटो छरितो हुने कम्पनीको भनाइ छ ।

‘सार्वजनिक निष्कासनको नतिजा मात्र राखिने उक्त पोर्टल सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दा समेत सहज रुपमा सञ्चालन गर्न सकिने गरी उच्च क्षमतामा तयार गरिएको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, बाँडफाँट हेर्ने लगानीकर्ताको चापका कारण मेरो सेयरमा समस्या आई ई–डिआइएस सेवा प्रभावित भएकोले फागुन १३ गते कारोबार भई १६ गते हुने राफसाफ तथा फर्स्यौट हुने कारोबारको ई–डिआइएस प्रविष्टि गर्न सकिने अवधि फागुन १६ गते बिहान ७ बजेसम्मका लागि कायम गरिएको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय