काठमाडौं– निकै लामो समयपछि धितोपत्रको दोस्रो बजार अस्वाभाविक रुपमा बढेपछि सर्किट लगाउनुपरेको छ ।

कारोबार सुरु भएको ५ मिनेट ४८ सेकेन्डमा ४ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले २० मिनेटका लागि बजार बन्द गरेको हो ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएको नीतिगत परिवर्तनले सेयर बजारमा उछाल आएको ठानिएको छ ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरी ब्याजदर घटाउन योगदान पुग्ने व्यवस्था गरेको थियो सर्किटका कारण बन्द भएको बजार २० मिनेटपछि पुनः सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय