काठमाडौं– हाथवे इन्भेस्टमेन्ट लिमिटेडले गत आर्थिक वर्ष सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कामय चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांशमा १० प्रतिशत बोनस सेयर ०.५२६ प्रतिशत नगद रहेको छ ।

पुस २ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते, बिहीबार १५औं वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्नेछ । यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् । उनीहरुले कम्पनीले वितरण गर्ने लाभांश पनि पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय