बारा– बारामा यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । उक्त घटनामा २७ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नम्बरको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुलनजिक आज विहान एकआपसमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार सो दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौंडाका ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको हो ।

उनीहरूको हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेटाँंडा तथा चितवन मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय