काठमाडौं– महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

पुस ३ गते बसेको बैंक सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभाश वितरण गर्ने घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६०० रुपैयाँ छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय